काठमाडौं, २० भदौ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी घाइते भएकामध्ये ४८ जना उपचारपछि डिस्चार्ज भएका छन्।
त्रिवि शिक्षण अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईँका अनुसार बाढीपछि अस्पतालमा ल्याइएका ७४ घाइतेमध्ये ४८ जना उपचारपछि घर फर्किएका हुन्। हाल अस्पतालमा २५ जनाको उपचार भइरहेको छ।
उपचाररत घाइतेमध्ये दुई जनाको आईसीयू र दुई जनाको हाई केयरमा राखेर उपचार भइरहेको छ। अस्पतालमा ल्याइएका एक घाइतेको भने उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेको अस्पतालले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्