काठमाडौं, भदौ २० । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीति, कर्मचारीतन्त्र र राज्यका विभिन्न निकायहरू अन्योलपूर्ण अवस्थामा रहेको बताउनुभएको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकारका राम्रा काममा सहयोग र समर्थन गर्ने, तर गलत कामको आलोचना र विरोध गर्ने आफ्नो नीति रहेको स्पष्ट पार्नुभयो।
पूर्वप्रधानमन्त्री दाहालले पछिल्लो राजनीतिक परिस्थितिप्रति टिप्पणी गर्दै सरकारको कार्यशैलीको लक्षण राम्रो नदेखिएको बताउनुभयो।
उहाँले राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र, नागरिक समाज र सचेत नागरिकलाई राष्ट्र र जनताप्रति थप गम्भीर र जिम्मेवार भएर काम गर्न आग्रह गर्नुभयो।
देशको स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र लामो संघर्षबाट प्राप्त लोकतन्त्रको रक्षालाई सबैको प्राथमिकता बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।














प्रतिक्रिया दिनुहोस्