जनता टाइम्स

२० भाद्र २०८३, शनिबार २०:००

समातिए ठमेलमा एक्लै हिडिरहेकी युवतीको गोप्य अंगमा हात पुर्याउने व्यक्ति


काठमाडौं, भदौ २० । ठमेलमा एक्लै बाटोमा हिडिरहेकी युवतीलाई दुर्व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भद्रकाली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा परिचालन गरिएको संयुक्त टोलीले युवतीमाथि यौन दुब्र्यवहारु गर्ने ती ब्यक्तिलाई पक्राउ गरेको हो ।

ती युवकले ठमेलमा बाटो हिडिरिहेकी युवतीको गोप्य अंगमा नियतवस हात पुर्याएका थिए । सो घटनाको बिषयमा सीसीटीभी फुटेजसमेत राखेर युवतीले घटना सार्वजनिक गरी कार्वाहीको माग गरेकी थिइन ।

कपाल लामो पालेका ती युवकले नियतवस युवतीको स्कर्टभित्र हात लगेको भिडियोमा देखिएको थियो ।

सो घटनाबारे युवतीले भिडियोमा भनेकी छन :

म घर जाँदै थिएँ, यो मान्छेले एक्चुअली मलाई छोयो । यसले मेरो यहाँ थाइमा यसरी छोएर गयो । अनि मैले कन्फ्रन्ट गरेँ । उसले मैले छोको होइन, म त हात यस्तो यस्तो गर्दै आउँदै थिएँ, त्यही भएर हो भन्यो ।

वरिपरि अरू मान्छेहरूले पनि अलिअलि हेर्दै हुनुहुन्थ्यो । भन्दै पनि हुनुहुन्थ्यो ‘किन यस्तो गरिस्’ भनेर रु तर ऊ एक्चुअली एकदमै डिनाइ ९अस्वीकार० गरिरहेको थियो । तथ्याङ्क गड १ यहाँ क्यामेरा पनि थियो । ‘क्यामेरामा देखाऊँ रु’ भन्दा उसले त अझै ‘तँ पनि इन्ट्रेस्टेड थिइस्, तैँले मसँग आँखा जुधाइस्’ भन्यो ।

तर यो भिडियोमा हेर्ने हो भने मैले त्यो मान्छेलाई हेरेको पनि छैन । उसले त्यत्तिकै मलाई टच मात्र गरेको हो । यो भिडियो मैले होटेलबाट पाएको हो । यो ठमेलको बाटो हो । यदि कसैले पनि यो मान्छेलाई चिन्नुहुन्छ भने प्लिज मलाई जानकारी दिनुहोला । म साँच्चै आशा गर्छु नेपाल प्रहरीले केही कदम चाल्नेछ ।

वरिपरि अरू मान्छेहरूले पनि अलिअलि हेर्दै हुनुहुन्थ्यो । भन्दै पनि हुनुहुन्थ्यो ‘किन यस्तो गरिस्’ भनेर रु तर ऊ एक्चुअली एकदमै डिनाइ ९अस्वीकार० गरिरहेको थियो । तथ्याङ्क गड १ यहाँ क्यामेरा पनि थियो । ‘क्यामेरामा देखाऊँ रु’ भन्दा उसले त अझै ‘तँ पनि इन्ट्रेस्टेड थिइस्, तैँले मसँग आँखा जुधाइस्’ भन्यो ।

सायद तपाईंहरू धेरैले भन्नुहोला कि त्यतिबेला किन कम्प्लेन नगरेको रु त्यतिबेलै एक्सन लिनुपर्ने नि १ तर एउटा केटी मान्छेको मनमा के डर हुँदोरहेछ भने, अहिले त मसँग वरिपरि मान्छेहरू हुनुहुन्थ्यो, अब यो मान्छेले अरू बेला मलाई एक्लै भेट्यो भने, यो मान्छेले मलाई बाटोमा ‘इम्ब्यारेस’ गर्यो भनेर, त्यो मान्छेको हातमा पावर आयो भने त त्यसले झन् के गर्ला भन्ने कुरा मेरो माइन्डमा आएको थियो । त्यही भएर मैले त्यतिबेला एक्सन लिइनँ ।

यो भिडियोको कमेन्टमा गएर नेपाल प्रहरीलाई ट्याग गरिदिनुहोला । मलाई यो पनि थाहा छैन कि यो प्रकारको घटनामा के सजाय हुन्छ रु वा के कानुनी कारबाही हुन्छ रु तर मलाई आशा छ कि यो मान्छेको अनुहार तपाईंहरू सबैले हेर्नुहोस्, चिन्नुहोस् । अनि यो मान्छेलाई चाहिँ सकेसम्म, यदि कसैलाई यसको आईडी थाहा छ भने ट्याग गरिदिनुहोला ।

सायद यो विदेशी पनि हुन सक्छ । तर म आशा गर्छु नेपाल प्रहरीले मलाई यो कुरामा सहयोग गर्नुहुनेछ र मेरो मनलाई केही शान्ति मिल्नेछ ।