जनता टाइम्स

२१ भाद्र २०८३, आईतवार ०८:०७

बाढीपश्चात हराइरहेका माथिल्लो त्रिशूली ३ ‘ए’लगायत आयोजनामा कार्यरत विद्युत प्राधिकरणका कर्मचारी को-को हुन् ?


काठमाडौं, २१ भदौ । रसुवा र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ४७ जनाभन्दा बढी कर्मचारी अझै बेपत्ता छन्।

बेपत्ता हुनेमा माथिल्लो त्रिशूली ३ ‘ए’, त्रिशूली ३ ‘बी’ हब, त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत प्राविधिक, प्रशासनिक तथा सुरक्षाकर्मी रहेका छन्।

प्राधिकरणका अनुसार बेपत्ता कर्मचारीमा सहायक प्रबन्धक, इन्जिनियर, सहायक इन्जिनियर, सुपरभाइजर, फोरम्यान, मेकानिकल तथा इलेक्ट्रिकल मिस्त्री, चालक र सुरक्षा गार्डलगायत विभिन्न तहका कर्मचारी छन्।

बाढी र पहिरोका कारण आयोजना संरचना तथा सुरुङ क्षेत्रमा ठूलो क्षति पुगेपछि उनीहरू सम्पर्कविहीन भएका हुन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्राविधिक टोलीले सुरुङ, पावरहाउस तथा कार्यस्थल आसपास खोजी तथा उद्धार जारी राखेका छन्।

लेदो र पहिरोका कारण उद्धारमा कठिनाइ भए पनि विभिन्न प्रविधि र उपकरणको प्रयोग गरी सुरुङभित्र फसेकाहरूको अवस्था पत्ता लगाउने प्रयास भइरहेको छ।

यसैबीच, बेपत्ता कर्मचारीको पहिचानका लागि नेपाल विद्युत् प्राधिकरणले परिवारका निकटतम सदस्यलाई नेपाल प्रहरी अस्पताल वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरी डीएनए परीक्षणका लागि रगतको नमुना उपलब्ध गराउन आग्रह गरेको छ।

हराएका कर्मचारीहरूः