वीरगञ्ज, भदौ २१ । सरकारी सवारीसाधन लिएर क्यासिनो पुगेका पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार यादवलाई शनिबार राति वीरगञ्ज–गण्डकस्थित क्लार्क रिसोर्टको क्यासिनोबाट गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको स्कोर्पियोसहित नियन्त्रणमा लिइएको हो।
नियमित छड्के जाँचका क्रममा क्यासिनो पुगेको प्रहरी टोलीले अध्यक्ष यादवसहित आठ जना नेपालीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभएको छ।
नेपालमा नेपाली नागरिकलाई क्यासिनोमा जुवा खेल्न कानुनी रूपमा प्रतिबन्ध छ। पक्राउ परेका आठै जनामाथि अनुसन्धान भइरहेको र अनुसन्धानपछि आवश्यक कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्