काठमाडौं, भदौ २२ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा मध्यमदेखि धेरै भारी वर्षा भएको छ । पश्चिम नेपालका कञ्चनपुर र डडेल्धुरामा धेरै भारी वर्षा मापन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरको भम्का–हनमाननगर स्टेशनमा १४१ दशमलव ४ मिलिमिटर र डडेल्धुराको गाईबान्ने स्टेशनमा १२७ दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ ।
यस्तै, सिरहामा ९० मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।
मौसम विज्ञानअनुसार २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा भए भारी, १०० देखि २०० मिलिमिटरसम्म भए धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा मानिन्छ ।
धेरै वर्षा भएका क्षेत्रमा नदी तथा खोलाको तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।
आइतबार राति काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा पनि वर्षा भएको थियो । वर्षापछि हनुमन्ते र बागमती खोलामा आएको बाढीमध्ये हनुमन्तेको बहावले खतराको तह पार गरे पनि अहिले घटेको छ ।














प्रतिक्रिया दिनुहोस्