काठमाडौं, भदौ २२ । बाढीपीडितलाई अपमानित गर्ने किसिमका भिडियो सामाजिक सञ्जालमा राखेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ घर भई काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२ मा बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडै रहेका छन्।
मडैलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनले भोटेकोशी बाढीपीडित तथा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने र अपमानित गर्ने सामग्री सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। विपत्तिका बेला पीडितप्रति असंवेदनशील र खुसी मनाएको देखाउने किसिमका भिडियोसमेत पोस्ट गरेको आरोप छ।
उनीविरुद्ध साइबर कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्