काठमाडौं, २२ भदौ । भोटेकोशी नदीमा आएको हिमबाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३५५ पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा १६९, तनहुँमा ३८, नुवाकोटमा १९७, नवलपरासी पूर्वमा २२२, धादिङमा ७०, नवलपरासी पश्चिममा २२१, गोरखामा ७५ र चितवनमा ३६३ जनाको शव तथा मानव अंग भेटिएको छ।
सोमबार बिहान ११ बजेसम्मको विवरणअनुसार बाढी प्रभावित क्षेत्रबाट चार हजार ९९६ जना सम्पर्कविहीन छन्। रसुवामा एक हजार ९६७ र नुवाकोटमा दुई हजार ३४० जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
यस्तै, बाढी प्रभावित क्षेत्रबाट ५८९ जना विदेशी नागरिकसमेत सम्पर्कविहीन छन्।
प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म ६ हजार ६७२ जना घाइतेको उपचार गरिएको छ भने १३ हजार ३९६ जनाको उद्धार गरिएको छ।
उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रमा २१ हजार ४०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। विभिन्न जिल्लाका ३९ वटा होल्डिङ सेन्टरमा तीन हजार ५३३ जना रहेको प्राधिकरणले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्