काठमाडौं, भदौ २३ । मकवानपुरको मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले १६२ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मंगलबार बिहान पौने ३ बजे भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१–०२५ च ०८७७ नम्बरको कारलाई ग २ च ६१५ नम्बरको जिपले स्कर्टिङ गरिरहेको अवस्थामा गस्ती टोलीले रोकेर जाँच गरेको थियो।
विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा कारको सिटमा प्लास्टिकले बेरिएका १३ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीलाई देखेपछि दुवै सवारीसाधनमा रहेका व्यक्तिहरू भाग्न खोजे पनि कार चालक चितवनको माडी नगरपालिका–५ धोबाहाका ५६ वर्षीय देवनारायण महतो र जिप चालक भरतपुर महानगरपालिका–२४ का ४८ वर्षीय टेकबहादुर दोङलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा जिपले गाँजा बोकेको कारलाई स्कर्टिङ गर्दै लगेको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्