जनता टाइम्स

२३ भाद्र २०८३, मंगलवार ०९:१९

पहिरोले महाकाली राजमार्ग अवरुद्ध


काठमाडौं, भदौ २३ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ।

सडकखण्डमाथिबाट ढुङ्गासहितको पहिरो खसेपछि बैतडी जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभएको छ।

उहाँका अनुसार पहिरोका कारण सडकमा यातायात सेवा प्रभावित भएको छ। अहिले जेसिबी प्रयोग गरी सडकमा खसेको पहिरो हटाउने काम भइरहेको उहाँले बताउनुभएको छ।

पहिरो हटाएपछि राजमार्गमा यातायात सेवा पुनः सञ्चालनमा आउने प्रहरीले जनाएको छ।