काठमाडौं, भदौ २४ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू देश छाडेर भाग्ने व्यक्ति नभएको बताउनुभएको छ।
गत वर्ष भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा आगजनी गरिएको बालकोटस्थित आफ्नो निवासको बुधबार अवलोकन गर्ने क्रममा ओलीले आफूहरू विगतमा पनि नभागेको, अहिले पनि नभाग्ने र भविष्यमा समेत नभाग्ने बताउनुभएको हो।
उहाँले आफूहरू नेपाली मूलका नागरिक भएको उल्लेख गर्दै अरू कसैले उभ्याएको नभई आफ्नै संघर्ष र योगदानबाट स्थापित भएको दाबी गर्नुभयो।
ओलीले भन्नुभयो, “हामी न पहिला भागेका थियौँ, न अहिले भाग्छौँ, न कहिल्यै भाग्छौँ । यो देश हाम्रो पनि हो । हामी अन्य ओरिजनको होइन, नेपाली ओरिजनको हो । हामी अरूले उभ्याएको होइन ।”
जेन–जी आन्दोलनका क्रममा भएको आगजनीबाट आफ्नो निवासमा पुगेको क्षतिको अवलोकन गर्न ओली बुधबार बालकोट पुग्नुभएको थियो।
अवलोकनका क्रममा उहाँले आन्दोलनका क्रममा भएको घटनाप्रति धारणा राख्दै आफूहरू देश र जनताबाट नभाग्ने सन्देश दिनुभएको हो।














प्रतिक्रिया दिनुहोस्