काठमाडौं, भदौ २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले संविधानको पालना नगरेको आरोप लगाउनुभएको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले देश विषम परिस्थितिमा रहेको र बाढीपहिरोका कारण अर्थतन्त्रमा खर्बौं रुपैयाँको क्षति भएको अवस्थामा समेत सरकार संविधानअनुसार नचलेको बताउनुभयो ।
‘हामी विषम परिस्थितिमा छौं । बाढीपहिरोको मारमा छौं । खर्बौंको अर्थतन्त्र क्षति भएको अवस्थामा छ । अर्कोतर्फ सरकार संविधानअनुसार चलेको छैन,’ उहाँले भन्नुभयो ।
चुनावमा जाँदा संविधान बदल्ने कुरा नगरिएको उल्लेख गर्दै उहाँले अहिले संविधानको मर्ममाथि प्रहार भइरहेको दाबी गर्नुभयो ।
‘हामीले चुनावमा जाँदा संविधान बदल्छौं भनेका पनि थिएनौं । संविधानको मर्ममाथि प्रहार भइरहेको छ । संसदीय व्यवस्थामा प्रधानमन्त्री शासकीय व्यवस्था छ । तर, यहाँ सल्लाहकार व्यवस्थामा परिवर्तन भएको छ । सरकारको केन्द्र ज्वागल बनेको छ । हुकुमी शासन बनिरहेको छ,’ उहाँले भन्नुभयो ।














प्रतिक्रिया दिनुहोस्