जनता टाइम्स

२५ भाद्र २०८३, बिहीबार २०:३५

उद्योगमन्त्री साहले पदभार ग्रहण गर्दै भने– जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ


काठमाडौं, भदौ २५ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार ग्रहण गर्नुभएको छ ।

बिहीबार सिंहदरबारस्थित मन्त्रालय पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री साहले ग्यास आपूर्तिको विषयमा छलफल गरेर समस्या समाधान गर्ने बताउनुभयो । जनतालाई आवश्यकता अनुसार ग्यास उपलब्ध गराउनुपर्ने उहाँले बताउनुभयो ।

‘ग्यासको विषयमा छलफल गर्छौं । जनतालाई जति आवश्यकता छ, त्यति दिनैपर्छ,’ उहाँले भन्नुभयो ।

मन्त्री साहले मन्त्रालयमा विगतमा भएका कामबारे बुझेर मात्रै आफू अघि बढ्ने बताउनुभयो । विगतका कामको अध्ययन गरेर अगाडि बढ्दा राम्रो हुने उहाँको भनाइ छ ।

‘विगतमा के–के भयो भन्ने विषयमा बुझेर अगाडि बढ्दा राम्रो होला जस्तो लाग्छ । म नेपाली जनताप्रति नतमस्तक छु,’ उहाँले भन्नुभयो ।

उहाँले आफूलाई जिम्मेवारी दिएकोमा पार्टी सभापति तथा प्रधानमन्त्रीलाई धन्यवाद दिँदै ‘राष्ट्र पहिलो’ भन्ने नारासहित काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।