बागलुङ, भदौ २६ । भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ ।
त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिका–९ तित्याङका ३३ वर्षीय इन्जिनियर राजेश शर्मा पौडेल, उहाँकी ३१ वर्षीया पत्नी प्रमिला पाठक, चार वर्षीय छोरा आदित्य र दुई वर्षीया छोरी अदिति १६ दिनसम्म फेला नपरेपछि परिवारले हिन्दू परम्पराअनुसार बिहीबार अन्तिम संस्कार गरेको हो ।
बेपत्ता इन्जिनियर दम्पतीका आफन्त विष्णु शर्माका अनुसार राजेश पौडेल परिवारका एकमात्र छोरा हुनुहुन्थ्यो ।
यसैबीच, त्रिशूली हाइड्रोपावरमा कार्यरत तमानखोला गाउँपालिकाका नौ, ढोरपाटन नगरपालिकाका दुई, गलकोट नगरपालिकाका एक तथा त्रिशूली–३ बी आयोजनामा कार्यरत बागलुङ नगरपालिकाका चार जनासहित १६ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्