काठमाडौं, भदौ २६ । नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले जडान गरेको एक्रो ब्रिजमा शुक्रबारदेखि सवारीसाधन सञ्चालनमा आएका छन्।
रसुवाको बाढीले पक्की पुल बगाएपछि अवरुद्ध बनेको आवतजावत अस्थायी पुल निर्माण भएसँगै सहज भएको हो।
नेपाली सेनाले झन्डै एक सातामै एक्रो ब्रिज निर्माण सम्पन्न गरेपछि शुक्रबारदेखि उक्त पुलबाट सवारीसाधन सञ्चालनमा ल्याइएको हो। पुल सञ्चालनमा आएपछि रसुवा तथा आसपासका क्षेत्रसँगको आवतजावतमा सहजता भएको छ।














प्रतिक्रिया दिनुहोस्