बागलुङ, भदौ २७ । बागलुङमा प्रहरीले बेवारिसे अवस्थामा तीन थान भरुवा बन्दुक फेला पारेको छ ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित थानापति सामुदायिक वनबाट शुक्रबार अपराह्न एकनाले तीन थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो ।
यसैगरी, बुर्तिबाङमा लागुऔषध बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले ढोरपाटन नगरपालिका–१, रिभरहेडस्थित मीना होटल एण्ड रेष्टुरेन्टमा छापा मारेको छ ।
छापा मार्ने क्रममा होटल सञ्चालक म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङकी रामकुमारी थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले होटलबाट एक हजार ५०० ग्राम गाँजा र ३८० ग्राम चरेस बरामद गरेको छ । पक्राउ परेकी थापाविरुद्ध जिल्ला अदालतबाट पाँच दिनको हिरासत अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्