काठमाडौं, २८ भदौ । प्रधानसेनापति अशोकराज सिग्देल आज चीन भ्रमणमा जानुहुने भएको छ ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले प्रधानसेनापति सिग्देल चीन भ्रमणमा जान लागेको पुष्टि गर्नुभएको छ । प्रधानसेनापति बनेपछि सिग्देलको यो पहिलो चीन भ्रमण हो ।
एक सातासम्म हुने भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सैनिक सम्बन्ध तथा सहकार्यका विषयमा छलफल हुने बताइएको छ ।
यसअघि गत वर्ष भदौ २७ देखि असोज ४ गतेसम्म गोन्जाउ र सांघाइमा आयोजित सैनिक एकाइसम्बन्धी कार्यक्रममा सहभागी हुन सिग्देलको चीन भ्रमण स्वीकृत भएको थियो । तर, जेनजी आन्दोलनका कारण उहाँको भ्रमण रोकिएको थियो ।
सिग्देलको चीन भ्रमणबारे नेपाल र चीन दुवै पक्षले हालसम्म औपचारिक घोषणा गरेका छैनन् ।
नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच ‘सगरमाथा फ्रेन्डसिप’ नामक संयुक्त सैन्य अभ्यास हुँदै आएको छ ।














प्रतिक्रिया दिनुहोस्