काठमाडौं, भदौ २८ । नेपाली कांग्रेसको देउवा समूहले समानान्तर महाधिवेशनको तयारीका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
कांग्रेस संस्थापनइतर समूहको महाधिवेशन तयारी समितिका संयोजक दीपकप्रसाद कुँइकेलले शनिबार विज्ञप्ति जारी गर्दै देशभरका जिल्लामा अधिवेशन गर्न केन्द्रीय प्रतिनिधि खटाइएको जानकारी दिनुभएको छ ।
नेपाली कांग्रेसले आगामी असोज १५ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ । तर, देउवा समूहले भने आगामी मंसिर २१ देखि २३ गतेसम्म समानान्तर महाधिवेशन गर्ने निर्णय गरेको छ ।
समानान्तर महाधिवेशनका लागि देउवा समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्न जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिलाई निर्देशन दिएको छ ।














प्रतिक्रिया दिनुहोस्