काठमाडौं, भदौ ३० । रसुवाको भोटेकोशी बाढीका कारण रसुवागढी नाका अवरुद्ध भएपछि चीनसँग जोडिएका वैकल्पिक नाका हुँदै करिब ४ हजार नागरिक नेपाल फर्किएका छन् ।
अध्यागमन विभागका अनुसार भदौ २९ गतेसम्म ३ हजार ९०४ जना तातोपानी नाका हुँदै नेपाल प्रवेश गरेका छन् । यस्तै, हुम्लाको हिल्सा नाका हुँदै ३८७ जना नेपाल प्रवेश गरेका छन् ।
दुवै वैकल्पिक नाकाबाट नेपाल आउने तथा बाहिरिने विदेशी यात्रुमध्ये भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका नागरिकको संख्या बढी रहेको विभागले जनाएको छ ।
यात्रुको सहज आवागमन तथा अध्यागमन व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको विभागले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्