जनता टाइम्स

३० भाद्र २०८३, मंगलवार ०७:१८

सांसदका प्रश्नको जवाफ दिँदै मन्त्री


काठमाडौं, भदौ ३० । संघीय संसद् प्रतिनिधिसभाको बैठक मंगलबार बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

बैठकमा परराष्ट्र मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बैठकमा समसामयिक विषयमा सांसदहरूले प्रश्न उठाउने तथा सम्बन्धित मन्त्रीले त्यसको जवाफ दिने कार्यक्रमसमेत रहेको छ ।