जनता टाइम्स

३० भाद्र २०८३, मंगलवार २१:०९

अशोक यादवको पक्राउविरुद्ध मलंगवामा मसाल जुलुस, ६ जना पक्राउ


सर्लाही, भदौ ३० । नेकपाका नेता अशोक यादवको पक्राउको विरोधमा मंगलबार साँझ सर्लाहीको सदरमुकाम मलंगवामा मसाल जुलुस निकालिएको छ।

नेकपाका नेता–कार्यकर्ताले तीनबिघे मैदानबाट नगरपालिका चोकतर्फ निकालेको जुलुसलाई प्रहरीले बालमन्दिर चोकमा रोकेर तितरबितर पारेको थियो। त्यस क्रममा प्रदर्शनकारीले प्रहरीविरुद्ध समेत नाराबाजी गरेका थिए।

यादवको पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै प्रदर्शनकारीले उहाँलाई तत्काल रिहा गर्न, मुद्दा खारेज गर्न र छानबिन समिति गठन गर्न माग गरेका छन्।

प्रहरीले प्रदर्शनमा सहभागी ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

यादवलाई कुटपिट, अंगभंग तथा आपराधिक उपद्रवसहित विभिन्न कसुरमा अनुसन्धानका लागि ललितपुरको धापाखेलबाट पक्राउ गरी सर्लाही ल्याइएको हो। जिल्ला अदालतले अनुसन्धानका लागि पहिलोपटक ५ दिन र त्यसपछि थप ६ दिनको म्याद दिएको प्रहरीले जनाएको छ।