काठमाडौं, भदौ ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले दिएको अभिव्यक्तिको एक अंश संसदीय रेकर्डबाट हटाइएको छ।
सभामुख डोलप्रसाद अर्यालले सांसद सुनारले भदौ २६ गतेको प्रतिनिधिसभा बैठकको शून्य समयमा व्यक्त गर्नुभएको अभिव्यक्तिको अंश हटाउन निर्देशन दिनुभएको हो।
सांसद सुनारले ‘कहिल्यै पनि बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ’ भन्नुभएको थियो। उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन सभामुख अर्यालले निर्देशन दिनुभएको हो।
सोही अभिव्यक्तिमार्फत सुनारले नेपाल प्रहरी प्रमुख दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप लागेको भन्दै छानबिन गर्न र पदबाट बर्खास्त गर्न माग गर्नुभएको थियो।














प्रतिक्रिया दिनुहोस्