काठमाडौं, भदौ ३१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार सर्वदलीय बैठक बस्दैछ।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुनेछ।
विपद्पछिको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन राजनीतिक दलहरूको सहभागितामा संयन्त्र गठन गर्ने विषयमा यसअघि पनि छलफल हुँदै आएको थियो।
बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहने रास्वपाले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्