काठमाडौं, भदौ ३१ । काठमाडौंको माइतीघरमा विभिन्न माग राख्दै टेण्ट तथा त्रिपाल टाँगेर धर्नामा बसेकालाई रातभरिमा उक्त स्थान खाली गर्न प्रहरीले आग्रह गरेको छ।
प्रहरीले माइकिङ गर्दै माइतीघरबाट तत्काल हट्न र राति धर्नामा नबस्न आग्रह गरेको हो।
माइतीघर क्षेत्रलाई समेत निषेधित क्षेत्र बनाउने तयारी भइरहेका बेला धर्नामा बसेकालाई हट्न भनिएको हो।
काठमाडौं प्रहरी परिसरका प्रमुखले राति धर्नामा बस्न तथा टेण्ट टाँगेर बस्न नपाइने व्यवस्था गरिएको बताउनुभएको छ।
उहाँका अनुसार धर्नामा बसेकाहरूले दिउँसो भने आफ्ना कार्यक्रम गर्न पाउनेछन्। रातिको समयमा धर्नामा बस्दा सुरक्षामा समस्या हुन सक्ने भएकाले उनीहरूकै सुरक्षाका लागि यस्तो आग्रह गरिएको प्रहरीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्