जनता टाइम्स

३१ भाद्र २०८३, बुधबार १३:२५

सिंहदरबारभित्र यूएनडीपीको गाडीले सांसदको गाडीलाई ठक्कर दियो


काठमाडौं, भदौ ३१ । काठमाडौंको सिंहदरबारभित्र बुधबार दुई वटा कार आपसमा ठोक्किएका छन्।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयअगाडि संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)को ६६–१–००१२ नम्बरको गाडीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद नितिमा कार्की भण्डारीको गाडीलाई ठक्कर दिएको हो।

दुर्घटनामा सांसद भण्डारीको वाग्मती प्रदेश ०१–०२८ च ९००९ नम्बरको गाडीमा क्षति पुगेको छ।

दुर्घटनाबारे सोधपुछ भइरहेको ट्राफिक प्रहरीका एसपी नरेश सुवेदीले जानकारी दिनुभएको छ।