काठमाडौं, भदौ ३१ । विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गर्न सभामुखलाई आग्रह गर्ने निर्णय भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिंहदरबारमा बोलाउनुभएको सर्वदलीय बैठकले विपद् व्यवस्थापनमा सहजीकरण गर्न सर्वदलीय संसदीय संयन्त्र गठनका लागि सभामुखसमक्ष आग्रह गर्ने निर्णय गरेको हो।
बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सभामुखमार्फत संयन्त्र गठन गर्ने निर्णय भएको बताउनुभयो।
बैठकमा बाढीपछि बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्ने सम्बन्धी कानुनी व्यवस्थाका विषयमा पनि छलफल भएको छ। हालको कानुनअनुसार बेपत्ता भएको १२ वर्षपछि मात्रै मृत घोषणा गर्न सकिने प्रावधान रहेकाले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको बीमा तथा अन्य सुविधामा समस्या पर्ने विषय बैठकमा उठेको शाहीले बताउनुभयो।
त्यस्तै, दलहरूले भदौ १० गते भोटेकोशी हुँदै आएको बाढीको नामकरण गर्न सरकारलाई आग्रह गर्ने भएका छन्।














प्रतिक्रिया दिनुहोस्