जनता टाइम्स

१ आश्विन २०८३, बिहीबार ०८:२०

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, विभिन्न सम्झौतामाथि छलफल हुने


काठमाडौं, असोज १ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहीबार पनि बस्दैछ ।

सिंहदरबारस्थित संघीय संसद भवनमा दिउँसो १ बजेदेखि बैठक सुरु हुने संसद सचिवालयले जनाएको छ ।

बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानूनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ ।

बैठकमा उक्त प्रस्तावमाथि सांसदहरूले धारणा राख्ने कार्यक्रम रहेको छ ।