वीरगन्ज, असोज १ । वीरगन्जमा भारतीय नम्बर प्लेटको कारबाट ठूलो परिमाणमा हतियार तथा गोली बरामद भएको छ ।
सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका–१५ स्थित वास्तु बिहार चोक नजिक बुधबार साँझ रोकेर राखिएको भारतीय नम्बर प्लेटको कारभित्रबाट चार थान पेस्तोल र एसएलआरको ६ राउन्ड गोली बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार बरामद हतियारमा दुई थान सिक्सर पेस्तोल र दुई थान कटुवा पेस्तोल रहेका छन् ।
बरामद हतियार तथा गोलीसहित भारतीय कार नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
कार कसले र किन त्यहाँ रोकेर राखेको तथा हतियार र गोली कसले र कुन उद्देश्यले ल्याएको भन्ने विषयमा भने सशस्त्र प्रहरीले केही खुलाएको छैन ।














प्रतिक्रिया दिनुहोस्