बझाङ, असोज १ । जिउँदो कुकुरलाई पुलबाट सेती नदीमा फालेको आरोपमा बझाङमा एक महिला पक्राउ परेकी छन ।
पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३ पडेसकी ४२ वर्षीया बिमला देवी रोकाया हुनुहुन्छ। उहाँले जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फालेको आरोप छ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार रोकायालाई बुधबार पक्राउ गरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार उक्त कुकुर करिब दुई सातादेखि बिरामी थियो। कुकुरको शरीरको पछाडिको भाग पाकेको र दुर्गन्ध आउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
बिरामी कुकुरले घरनजिकको बाटोमा आवतजावत गर्ने मानिसलाई टोक्न थालेपछि रोकायाले पानकोट पुलबाट नदीमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्