जनता टाइम्स

२ आश्विन २०८३, शुक्रबार ०८:०२

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची


काठमाडौं, असोज २ । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । विभिन्न समसामयिक विषयदेखि विधेयक र भोटेकोशी बाढी तथा जलवायु परिवर्तनको असरबारे समितिमा छलफल हुँदै छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ । बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन तथा भ्रमणलगायत समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ ।

त्यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त)को बैठक बिहान १०ः३० बजे बस्नेछ । बैठकमा भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा जलवायु परिवर्तनको असरलगायत विषयमा विज्ञसँग छलफल हुनेछ ।

संघीय संसद् सचिवालयका अनुसार अर्थ समितिको बैठक भने स्थगित भएको छ ।