जनता टाइम्स

३ आश्विन २०८३, शनिबार १८:४२

सुनसरीको देवानगञ्जमा गोली चल्यो, घटनास्थल पुग्दै प्रहरी


सुनसरी, असोज ३ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर १ मा गोली चलेको छ ।

केहीबेर अघि गोली चलेको खबर आएपछि घटनास्थलतर्फ प्रहरी गएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिनुभयो ।

गोली के कारणले चलेको भन्नेबारे हालसम्म खुल्न सकेको छैन । जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ गएको र घटना के कारणले भएको भन्ने नखुलेको अर्यालले बताउनु भयो ।

उनले पनि घटनाको कारणबारे बुझ्ने काम भइरहेको बताए । स्थानीयहरूले गोली चलेको खबर गरेपछि प्रहरी त्यसतर्फ गएको हो ।