काठमाडौं, असोज ३ । लोककल्याणकारी विज्ञापनबापत छापा सञ्चारमाध्यमले प्राप्त गर्दै आएको रकम कार्यविधि संशोधनका नाममा कटौती गरिएको भन्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराइएको छ ।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालको नेतृत्वमा गएको टोलीले प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाउँदै रकम कटौती गर्ने निर्णय फिर्ता लिन माग गरेको हो ।
टोलीमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शोभा अर्याल, उपाध्यक्ष हेमबहादुर राना, सचिव रमेशकुमार बोहोरा, शाखाका सल्लाहकार तथा केन्द्रीय सदस्य सूर्य सुवेदीलगायत सहभागी थिए ।
त्यस्तै, शाखाद्वारा गठित ‘छापा माध्यम बचाउ सुझाव कार्यदल’का सदस्य टंक कार्की, विश्वराज किराँत, सीता पोखरेल, कल्पना खड्का तथा वरिष्ठ पत्रकारहरूको समेत सहभागिता थियो ।
कार्यदलका संयोजक दामोदरप्रसाद दवाडीको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्रमार्फत लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय फिर्ता लिन आग्रह गरिएको छ ।
छापा सञ्चारमाध्यमको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक पहल गर्न पनि पत्रकार महासंघको टोलीले प्रचण्डसँग आग्रह गरेको जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्