काठमाडौं, असोज ३ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु न्यायका लागि हिन्दकुश हिमालय क्षेत्रका राष्ट्रहरूले अन्तर्राष्ट्रिय मञ्चमा सामूहिक आवाज उठाउनुपर्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै भण्डारीले शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धा र विकास गतिविधिका कारण उत्पन्न जलवायु तथा वातावरणीय समस्याको मार नेपालजस्ता कमजोर मुलुकले खेप्न नहुने बताउनुभएको हो ।
उहाँले शक्ति राष्ट्रहरूले गर्ने अत्यधिक खर्च तथा विकास गतिविधिका कारण उत्पन्न जलवायु परिवर्तनको असर नेपालले भोग्नुपरेको बताउनुभयो । जलवायु परिवर्तनको असर न्यूनीकरण र वातावरण संरक्षणका लागि शक्ति राष्ट्रहरूले गर्ने खर्च तथा उनीहरूको विकासको स्तरबीचको सम्बन्धबारे समेत उहाँले प्रश्न उठाउनुभयो ।
जलवायु परिवर्तनको असरमा वर्गीयता देखिएको उल्लेख गर्दै उहाँले विकसित प्रविधि र स्रोतसाधनलाई वातावरण संरक्षण तथा जलवायु परिवर्तनको असर न्यूनीकरणमा केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
हिन्दकुश हिमालय क्षेत्रका राष्ट्रहरूको आवाज संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमा बलियो रूपमा उठाउन इसिमोडजस्ता संस्थाको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।
‘हिन्दकुश क्षेत्रका राष्ट्रहरूको आवाज संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमा बलियो रूपमा उठ्नुपर्छ । हाम्रो भिटो छैन, हाम्रो आर्थिक र राजनीतिक शक्ति पनि सीमित छ । त्यसैले सामूहिक रूपमा आवाज उठाउनु आवश्यक छ,’ उहाँले भन्नुभयो ।
संयुक्त राष्ट्रसंघमा शक्तिशाली राष्ट्रहरूको प्रभाव बढी हुने भन्दै भण्डारीले नेपालजस्ता मुलुकले सामूहिक रूपमा आफ्नो आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।
हिमाल तथा पहाडको संरक्षणका लागि त्यसअनुसारका नीति तथा कार्यक्रम निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । जलवायु परिवर्तनमा मानव सिर्जित कारणको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसको असर न्यूनीकरणका लागि विकसित प्रविधि र स्रोतसाधनको प्रभावकारी प्रयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।
नेपालको आवाज अन्तर्राष्ट्रिय मञ्चमा बलियो बनाउन हिन्दकुश हिमालय क्षेत्रका देशहरूबीच सहकार्य आवश्यक रहेको पूर्वराष्ट्रपति












प्रतिक्रिया दिनुहोस्