काठमाडौं, असोज ३ । संविधान दिवसका अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा पूर्वप्रधानमन्त्री, सांसद तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू एउटै राउन्ड टेबलमा देखिएका छन् ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डीपी अर्याललगायत उच्च पदस्थ व्यक्तिहरू सहभागी भएका थिए । विभिन्न राजनीतिक दलका नेता, सांसद तथा कूटनीतिक नियोगका प्रमुखहरूको समेत कार्यक्रममा सहभागिता थियो ।
समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल हुन नसक्ने बताउनुभएको थियो ।
राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनसँग जोड्न व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक रहेको उहाँको भनाइ थियो ।
राष्ट्रपतिको सम्बोधनपछि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई र माधव नेपाल तथा नेपाली कांग्रेसका सभापति गगन थापा, प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राउन्ड टेबलमा सँगै देखिनुभएको थियो ।
लामिछानेले राजनीतिक दलका शीर्ष नेताहरूसँग संवाद गर्नुभएको देखिए पनि प्रधानमन्त्री बालेन्द्र शाह भने उक्त राउन्ड टेबलमा देखिनुभएन ।












प्रतिक्रिया दिनुहोस्