जनता टाइम्स

४ आश्विन २०८३, आईतवार ०७:०९

एमालेले ‘अप्रेसन ऐना’मार्फत सामाजिक सञ्जालका सामग्रीको निगरानी गर्ने


काठमाडौं, असोज ४। नेकपा एमालेले पार्टीविरुद्ध सामाजिक सञ्जालमा फैलाइएका भ्रामक तथा गलत सूचनाको निगरानी गर्न ‘अप्रेसन ऐना’ सञ्चालन गरेको जनाएको छ ।

एमालेले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सामाजिक सञ्जालमा फैलाइएका अश्लील, भ्रामक, गलत सूचना तथा राजनीतिक प्रचार सामग्रीलाई प्रमाणसहित डिजिटल निगरानी गरिने जानकारी दिएको छ ।

पार्टीका अनुसार एमालेविरुद्ध फैलाइएका भ्रामक सामग्री, गलत दाबी, तोडमोड गरिएका सूचना तथा आपत्तिजनक अभिव्यक्तिलाई प्रमाणका आधारमा अभिलेख गरिनेछ ।

आवश्यक परे त्यस्ता सामग्रीविरुद्ध सम्बन्धित निकायमा सामूहिक रूपमा उजुरीसमेत गरिने एमालेले जनाएको छ ।