काठमाडौं, असोज ४ । नेकपा एमालेको पुनर्गठन कार्यदल र केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ ।
पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार पुनर्गठन कार्यदलको बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
त्यसैगरी, केन्द्रीय सचिवालयको बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको उहाँले जानकारी दिनुभएको छ ।
एमालेले केन्द्रीय कमिटीको बैठकसमेत बोलाएको छ । केन्द्रीय कमिटीको बैठक असोज ५, ६ र ७ गते ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बस्नेछ ।
पुनर्गठन कार्यदल र सचिवालय बैठकमा पार्टीभित्र देखिएको विवाद तथा आगामी केन्द्रीय कमिटी बैठकका एजेन्डालगायत विषयमा छलफल हुने बताइएको छ ।












प्रतिक्रिया दिनुहोस्