जनता टाइम्स

४ आश्विन २०८३, आईतवार ०७:२१

आज रास्वपाको सचिवालय बैठक बस्दै


काठमाडौं, असोज ४ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक आज बस्दैछ ।

पार्टी सभापति रवि लामिछानेले बैठक आह्वान गर्नुभएको हो । बैठकमा समसामयिक राजनीतिक तथा पार्टीका आन्तरिक विषयमा छलफल हुने बताइएको छ ।

रास्वपाको सचिवालय बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय घण्टीघर, वनस्थलीमा बस्नेछ ।