काठमाडौं, असोज ४ । देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।
महाशाखाका अनुसार हाल लुम्बिनीसहित देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहेको छ । बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । ती क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा विभिन्न प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा समेत वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्