जनता टाइम्स

४ आश्विन २०८३, आईतवार १२:४०

सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो


काठमाडौं, असोज ४ । नेपाली बजारमा सुनको मूल्य आज तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ४ हजार ७ सय ९५ रुपैयाँ कायम भएको छ ।