जनता टाइम्स

४ आश्विन २०८३, आईतवार १५:०२

५६७ मिटर लामो झोलुङ्गे पुलले जोड्यो बागलुङ र पर्वत, १० मिनेटमै आवतजावत


बागलुङ, असोज बागलुङ सदरमुकाम र पर्वतको पाङबीचको आवतजावत कालीगण्डकी नदीमाथि बनेको ५६७ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा आएपछि सहज भएको छ।

छ वर्षअघिसम्म कालीगण्डकी नदीको ठूलो खोँचका कारण पाङवासीलाई बागलुङ बजार आउजाउ गर्न घण्टौँ हिँड्नुपर्ने अवस्था थियो। अहिले पुल सञ्चालनमा आएपछि दुई गन्तव्यबीचको यात्रा करिब १० मिनेटमा छोटिएको छ।

२०७७ सालदेखि सञ्चालनमा आएको पुलले बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङलाई जोडेको छ। ‘सिङ्गल स्पान’मा निर्माण गरिएको पुल ५६७ मिटर लामो र कालीगण्डकी नदीबाट १२२ मिटर उचाइमा रहेको छ।

बागलुङ नगरपालिकाले पुलको नाम अंग्रेजीमा ‘गण्डकी गोल्डेन ब्रिज’ र नेपालीमा ‘गण्डकी सुनौलो झुला’ राखेको छ। करिब ९ करोड २५ लाख रुपैयाँ लागतमा निर्माण भएको पुल अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ।

पुल सञ्चालनमा आउनुअघि बागलुङ कालिका मन्दिरसम्म पुग्ने धेरै पर्यटक बजार क्षेत्रमा नआउने गरेको स्थानीय बताउँछन्। अहिले बागलुङ कालिका, पञ्चकोट, सुरुङभित्र रहेको शालिग्राम संग्रहालयसँगै गण्डकी गोल्डेन ब्रिज पनि पर्यटकको रोजाइमा पर्न थालेको छ।

https://images.openai.com/static-rsc-4/4WrkrPIfFmHNPMWkqP7FKeq0XMYuXPPAKsEvmsyrCS611tu0tBm9qo_Q_mX7_Uov7_MuUAySVw_gGZclmasJneWLENJ6w2ooJCnSw4CejsnWrGQJMfHNKbcSNQb01zroida_UVAi8M8PuYb-kaCxiA_bkZebXrrrcW7J7yGnpyc2Q9uaFp7_SNhBCZHKoYdh?purpose=fullsize
https://images.openai.com/static-rsc-4/R4Iokc2FiACiU0078OPa33dbmHNFMfHhW5J8eGkXunS_-XkiV_RTNGxlyx4ZjAJ_9687h7eKLgiPxUDcpk9RNcn2vFpvsmB-TsO2ocRm7FylXU7-TsKQVjXULjepFOLGXJYR2oL6DQB7LULDtqBdYfBz2kYR_RzLm2bUrX8xcYRcdr-HOVICuyTwnkyg99xf?purpose=fullsize
https://images.openai.com/static-rsc-4/KcTxp_19Hafu3M0mzZrNUjlheguqJgsFcpRS9zYMB6DIx5slaNIPkVswLho7-z5HweGSPGfb7dDmqBiOkJKRogoTQNxrx-xDx3rk_g28ZUA-Ws7DteCzMIrKp0ZRPJXW38PUkGn1ASqjWcDcOUpZbiD9aOCeQnqLdfQHM2O8_aUqvidBbkz10vrT7eHhZgA5?purpose=fullsize