जनता टाइम्स

४ आश्विन २०८३, आईतवार १५:०७

नेकपाले बोलायो केन्द्रीय संयोजन समितिको बैठक


काठमाडौं, ४ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ।

मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक आह्वान गरिएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन्।

बैठकमा रसुवामा आएको बाढीपहिरोपछि उत्पन्न अवस्था, सरकारको कामकारबाही, पार्टीले खेलेको भूमिका तथा आगामी दिनमा गर्नुपर्ने कामबारे छलफल हुने जनाइएको छ।

त्यस्तै, बाढीपहिरो प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका विषयमा सरकारलाई दिनुपर्ने सुझावबारे पनि बैठकमा छलफल हुनेछ।

बैठकमा पार्टीका आन्तरिक संगठनात्मक विषय र राष्ट्रिय राजनीतिका समसामयिक विषयसमेत छलफल हुने प्रवक्ता ज्वालाले बताएका छन्।

बैठकपछि बाढीपहिरो प्रभावितको राहत, उद्धार र पुनःस्थापनामा सरकारको कामको समीक्षा गर्दै आवश्यक सुझाव दिने तथा सरकारको ध्यानाकर्षण गराउने नेकपाको तयारी छ।