काठमाडौं, असोज ४ । भोटेकोशी बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म १ हजार ४३४ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आइतबार बिहान ११ बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ शव फेला परेका छन्।
फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलन गरिएको छ। प्रहरीले हालसम्म १ हजार २९२ शव व्यवस्थापन गरिसकेको जनाएको छ।
शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९७ गरी कुल ३ हजार २८३ वटा डीएनए नमुना संकलन गरिएको छ। पहिचान हुन बाँकी १ हजार ३६२ शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९७५ प्रहरी परिचालन गरिएको छ।
प्रहरीका अनुसार बाढीमा बेपत्ता भएका ४ हजार ६५५ जनाको खोजी कार्य जारी छ।












प्रतिक्रिया दिनुहोस्