काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।
पार्टी पुनर्गठनसम्बन्धी विवादबीच बसेको बैठकमा महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाउनुभएको छ ।
यसअघि निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा महासचिव पोखरेल र उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले छुट्टाछुट्टै प्रतिवेदन तयार गर्नुभएको थियो । ती प्रतिवेदन तथा कार्यदलमा प्राप्त सुझावलाई समेटेर एकीकृत दस्तावेज तयार गरी सचिवालय बैठकमा पेस गरिएको हो ।
कार्यदलको छलफल लम्बिएपछि सचिवालय बैठकको समयसमेत सारिएको थियो । पछिल्लो सहमतिअनुसार तत्काल नेतृत्व परिवर्तनको विषय अघि नबढाई पार्टी पुनर्गठनका विषयमा छलफल गर्ने गरी प्रतिवेदन तयार गरिएको बताइएको छ ।
सचिवालय बैठकले असोज ५ देखि ७ गतेसम्म बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ । केन्द्रीय कमिटी बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी विषयमा छलफल हुने एमाले नेताहरूले बताउनुभएको छ ।












प्रतिक्रिया दिनुहोस्