काठमाडौं, असोज ५ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा चालक गम्भीर घाइते हुनुभएको छ ।
बस बिसौनीमा पुगेका बेला अचानक आगलागी भएको हो । आगलागीमा घाइते चालकलाई उपचारका लागि वीर अस्पताल लगिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
घटनामा अन्य मानवीय क्षति भए–नभएको यकिन भइसकेको छैन । बसमा आगलागी हुनुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया दिनुहोस्