जनता टाइम्स

७ आश्विन २०८३, बुधबार ०७:१९

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता


काठमाडौं, असोज ७ । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।

भेटमा नेपाल–अमेरिका सम्बन्ध, भोटेकोशी बाढीपछि राहत तथा पुनर्निर्माणका विषयमा छलफल भएको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।

मन्त्री खनाल र उपविदेशमन्त्री हुकरबीच बाढी प्रभावित क्षेत्रमा भइरहेको पुनर्निर्माण तथा पुनःस्थापनाका प्रयासमा अमेरिकाले निरन्तर सहयोग गर्ने विषयमा समेत कुराकानी भएको जनाइएको छ ।

भेटमा परराष्ट्रसचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।