जनता टाइम्स

७ आश्विन २०८३, बुधबार ०७:२१

प्रतिनिधि सभाको बैठक आज बस्दै, तीन विधेयक कार्यसूचीमा


काठमाडौं, असोज ७। प्रतिनिधि सभाको बैठक आज बुधबार बिहान ११ बजे बस्दैछ ।

सङ्घीय संसद् सचिवालयका अनुसार सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ ।

बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्छ्योट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूचीमा उल्लेख छ ।

बैठकका लागि फोहोरमैला व्यवस्थापन, नागरिक लगानी कोष, भुक्तानी तथा फर्छ्योट र संक्रामक पशु रोग नियन्त्रणसम्बन्धी विधेयकहरू कार्यसूचीमा राखिएका छन् ।