काठमाडौं, असाेज ७। नेकपा एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा बुधबार बसेको बैठकमा अध्यक्ष ओलीले प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले राखेका धारणा तथा सुझावका सम्बन्धमा स्पष्ट पार्नुभएपछि सवै सहमत भई सर्वसम्मतिले पारित भएकाे प्रचार बिभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयाे
बैठकमा पार्टी सचिवालयका सदस्य, पदाधिकारी तथा केन्द्रीय कमिटी सदस्यहरूले प्रतिवेदनलगायत समसामयिक राजनीतिक विषयमा आआफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए ।
बैठकमा उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिव लेखराज भट्ट, योगेश भट्टराई, रघुवीर महासेठ, सचिवहरु छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, डा राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेतले धारणा राख्नुभएकाे थियाे ।
आयोगका अध्यक्षहरू भरत पहारी र डा पुष्प कँडेलले पनि बैठकमा धारणा राख्नुभएकाे थियाे ।














प्रतिक्रिया दिनुहोस्