काठमाडौं, असोज ८ । संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्युयोर्क पुग्नुभएको छ। प्रधानमन्त्री शाहले आज संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाहले भोलि नेपाली समयअनुसार बिहान संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रलाई सम्बोधन गर्नुहुनेछ। सम्बोधनका क्रममा नेपालले जलवायु परिवर्तनबाट भोगिरहेको गम्भीर असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी रहेको छ।
विकसित तथा बढी कार्बन उत्सर्जन गर्ने देशहरूले जलवायु संकटको असर भोगिरहेका नेपालजस्ता न्यून उत्सर्जन गर्ने देशलाई न्यायपूर्ण सहयोग गर्नुपर्ने विषयमा नेपालको जोड रहनेछ।
यस्तै भोटेकोशी बाढी तथा अन्य जलवायुजन्य विपद्, जलवायुजन्य क्षतिको क्षतिपूर्ति र आर्थिक सहयोग, हिमाली देशका समस्या, न्यून कार्बन उत्सर्जन गर्ने देशको अवस्था, नेपालको वातावरणीय योगदान तथा अन्तर्राष्ट्रिय सहयोग र सद्भावका विषय प्रधानमन्त्री शाहले महासभामा उठाउनुहुनेछ।
प्रधानमन्त्री शाह शनिबार अमेरिकाबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ।












प्रतिक्रिया दिनुहोस्