जनता टाइम्स

८ आश्विन २०८३, बिहीबार १३:४१

आज ७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम, ६० भन्दा बढी जिल्लामा सतर्कता अपनाउन आग्रह


काठमाडौं, असोज ८ गते । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र (बाढी पूर्वअनुमान महाशाखा) ले देशका विभिन्न भाग भई बहने स-साना नदीहरूमा आकस्मिक बाढी (Flash Flood) को जोखिम रहेको जनाएको छ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वअनुमान महाशाखाका अनुसार आज (असोज ८ गते) पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ र आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।

यसै गरी ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुङ्गा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, तनहुँ, कास्की, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट लगायतका ६० भन्दा बढी जिल्लाहरू भई बहने स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

महाशाखाले आज ठूला नदीहरू (कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तिनका सहायक नदीहरू) मा बहाव भने सतर्कता तह भन्दा तल नै रहेको जनाए तापनि स-साना नदी तटीय क्षेत्रमा बस्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।