काठमाडौं, असोज ८ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनको भाव र सन्देश पार्टीका तल्लो तहसम्म सम्प्रेषण गर्ने भएको छ।
बिहीबार बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटीबाट पारित ओलीको राजनीतिक प्रतिवेदनलाई पार्टीभित्र एकरूपताका साथ बुझ्दै त्यसको भाव र सन्देश तल्लो तहसम्म पुर्याउने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव लेखराज भट्टले अध्यक्ष ओलीको प्रतिवेदनले पार्टीभित्र एकताको भाव पैदा गरेको बताउनुभयो।
उहाँका अनुसार प्रतिवेदनलाई एकरूपताका साथ बुझ्ने र त्यसको सन्देश पार्टीका तल्लो तहसम्म सम्प्रेषण गर्ने विषयमा बैठकमा जोड दिइएको थियो।
सचिवालय बैठकमा केन्द्रीय सदस्य मनोनयनका विषयमा पनि छलफल भएको छ। पार्टी एकताबाट एमालेमा आएका नेताहरूलाई केन्द्रीय कमिटीमा समेट्ने विषयमा समेत बैठकमा छलफल भएको भट्टले जानकारी दिनुभयो।












प्रतिक्रिया दिनुहोस्